लुम्बिनी प्रदेशबाट १३ वर्ष मुनिको उमेर समूह अन्तर्गत २५ जना खेलाडी छनौटमा पर्न सफल भएका छन् । १३ वर्षमुनिका फुटबल खेलाडी छान्न फागुन १९ र २० गते दुई दिन दाङको पुलिस स्कुलकाे मैदानमा आयोजित छनौट कार्यक्रमबाट २५ जना खेलाडी छनौटमा परेका हुन् ।
यस अघि जिल्ला फुटबल संघबाट छनौटमा परेकाहरुलाई एकै थलोमा राखेर प्रदेश स्तरीय प्रतिभावान खेलाडी छनौट गरिएको हाे। लुम्बिनी प्रदेश फुटबल संघका सह–महासचिव समिर वलिकाे संयोजकत्वमा सम्पूर्ण जिल्लाका प्रशिक्षक सहित इलाइट युथ प्रमुख नबिन महर्जनकाे सहभागितामा छनाैट कार्यक्रम सम्पन्न भएकाे हाे ।
लुम्बिनी प्रदेशका दाङसहित ७जिल्लाबाट प्रदेश स्तरको १३ वर्षमुनिको फुटबल खेलाडी छनौट गर्दा २५ जना सूचीकृत हुन सफल भएका उहाँले बताउनुभयो । उहाँका अनुसार दाङबाट ६ जना खेलाडी छनौट भएका छन् ।
जस अन्तर्गत नारायण परियार, विवेक पुन मगर, विवेक घर्ती मगर, संयोग डाँगी, प्रतिक पुन मगर र गोपाल नेपाली छनौट हुन सफल भएका छन् ।
यस्तै, बर्दियाबाट ५ जना छनौट भएका छन् । जस अनुसार शिव टमाटा, गणेश वली, दुर्लभ श्रेष्ठ, प्रवेश थापा मगर, दीपक बिक छनौटमा परेका छन् ।
यस्तै, बाँके जिल्लाबाट ३ जना छनौट हुन सफल भए । जसअनुसार ईशान बम, पुकार वली, रुपेश बोहरा रहेका छन् । यस्तै, पाल्पाबाट पनि ३ जना खेलाडी छनौटमा परेका छन् । छनौट हुनेमा निष्चल न्यौपाने, सिर्जन श्रेष्ठ, सन्तोष कार्की रहेका छन् । यस्तै, रुपन्देहीबाट दुई जना छनौट भएका छन् । जसअनुसार अनिष तामाङ र अंगत बहादुर थापा रहेका छन् ।
यस्तै, नवलपरासी जिल्लाबाट प्रदेश स्तरमा छनौटमा ५ जना खेलाडी पर्न सफल भएका छन् । छनौटमा पर्नेमा सफल पाण्डे, निष्चल नेपाली, विवेक चौधरी, विवेक नेपाली र प्रज्वल थापा रहेका छन् ।
जिल्लास्थित नेपाल पुलिस स्कुलमा बिहान ८ बजेदेखि २ दिनसम्म छनौट कार्यक्रम गरिएको थियो । प्रदेशभरका एन्फामा आवद्ध ७ जिल्लाबाट छनौट कार्यक्रममा खेलाडी सहभागी भएका हुन् ।