नेपालगञ्ज: बाँकेकाे अस्पतालमा उपचाररत १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ६ जना बर्दिया, ५ जना बाँके र एकजना रुकुम पूर्वका रहेका छन्।
सोमबार अपरान्हदेखि आज बिहान ५.३० बजेसम्ममा १२ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिनु भयाे ।
बर्दिया बासगढी नगरपालिका वडा नं. ९ का ७३ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख २१ गते भर्ना गरेका उनको २२ गते पीसीआर गरिएको थियो।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का ६८ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख २५ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।
बर्दिया गुलरिया नगरपालिका वडा नं. ६ का २१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख १७ गते पीसीआर गरिएका उनलाई २५ गते भर्ना गरिएको थियो।
रुकुमपूर्व जिल्ला सिस्ने गाउँपालिका वडा नं. ३ का ५३ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख २६ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।
बर्दिया बारबर्दियाका ६३ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख ८ गते पीसीआर गरिएका उनलाई २६ गते भर्ना गरिएको थियो।
खजुरा गाउँपालिका वडा नं. ३ का ५२ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख ११ गते पीसीआर गरिएका उनलाई १८ गते भर्ना गरिएको थियो।
जानकी गाउँपालिका वडा नं. ४ का ४५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख २५ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो।
बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ३ का ७८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख २३ गते पीसीआर गरिएका उनलाई २४ गते भर्ना गरिएको थियो ।
खजुरा गाउँपालिका वडा नं. २ का ८८ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ। वैशाख २६ गते एन्टिजेन जाँच गरिएका उनी होम आइसोलेसनमा बसेका थिए। उनको राती ११.१० बजे मृत्यु भयो।
बर्दिया बासगढी नगरपालिका वडा नं. ५ का ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। वैशाख २५ गते पीसीआर जाँच गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।
कोहलपुर नगरपालिका वडा नं. ८ का ६२ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। वैशाख २७ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।
बर्दिया बढैयाताल गाउँपालिका वडा नं. १ का ८५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख २३ गते बर्दियामै एन्टिजेन जाँच गरिएका उनलाई २७ गते भेरीमा भर्ना गरिएको थियो।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९७ जना पुगेको छ। बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा मृत्यु हुने एक सय ४८ जना रहेका छन्।