दाङ,२० फागुन
दाङको बंगलाचुली गाउँपालिकाले विहिवार जनयुद्धका सहिद ,घाईते तथा वेपत्ता परीवारलाई सम्मान गरेको छ ।गाउँपालिकाले देशमा परिवर्तन ल्याउनका लागि महत्वपूर्ण योगदान पुराएका सहित, घाईते तथा वेपत्ता परीवारलाई सम्मान गरेको हो ।
बंगलाचुली गाउँपालिकाले हरेक वर्ष सहित,घाईते र वेपत्ता परीवारलाई सम्मान गर्दै आएको छ । सम्मान कार्यक्रममा बोल्दै वक्ताहरुले हिजोका दिनमा हजारौँका वलिदानीबाटनै अहिलेको उपलब्धी प्राप्त भएको भएको बताएका छन् । उनिहरुले हिजोको वलिदानबाट प्राप्त उपलब्धिलाई बचाउनका लागि सबैले आ-आफ्नो ठाउँबाट खवरदारी गर्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा जनयुद्धका घाईते चुरामणी नेपाली र रमा पुनले बोल्नु भएको थियो ।कार्यक्रममा बोल्दै चुरामणी नेपालीले भन्नुभयो ‘ मुलुक परिवर्तनका लागि हाम्रा छोराछोरी शहिद भए । मुलुक पनि फेरियो । तर शहिद, घाईते, बेपता र अपाङ र उनका आफन्तको अवस्था उस्तै छ ।
उनका छोराछोरीहरु आफन्तहरु अझै अभावमा बाँचिरहेका छन् । तर हामीले केही पनि चाहेका छैनौ । राज्यले शहिदका सपना र उनीहरुका आफन्तलाई नभुलिदियोस् यति मात्रै हामीले खोजेका छौं । द्वन्द्व पीडित चुडामणि नेपालीले शहिदका सपना र उनका परिवारलाई भुल्ने काम राज्यले गरिरहेकाले पीडितहरु पीडा सहनुपर्ने बाध्य हुनु परिरहेको बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै जनयुद्धका घाईते रमा पुनले राज्यले पीडित र उनका परिवारहरुलाई संरक्षण गर्न नसक्दा पीडितहरु पीडामा बाँच्नु परिरहेको बताउनु भयो । उहाँले जनयुद्ध र जनआन्दोलनका क्रममा सहिद , घाईते, बेपत्ता र अपाङ्गका परीवारलाई विशेष प्राथमिकता दिएर जीविकोपार्जनको बाटोमा लागाउन अनुरोध समेत गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप्रमुख श्रीधर शर्मा पौडेलले सहिदहरुको बलिदानी, घाईते, बेपत्ता र अपाङहरुको लगानी मुलुकको परिवर्तन सम्भव रहेकाले उनीहरुको त्यो बलिदानी र लगानीलाई मुलुकले कहिले नबिर्सिने बताउनुभयो । कार्यक्रममा बंगलाचुली गाउँपालिकाल अध्यक्ष भक्त बहादुर वलीले जनयुद्ध र जनआन्दोलनका क्रममा सहिद , घाईते, र बेपत्ताका परीवारलाई कहिले पनि भुल्न नसकिने बताउनु भएको छ । उहाँले हिजोका दिनमा त्याग तपस्या र बलिदानी गरेका परिवारलाई बंगलाचुली गाउँपालिकाले सधै उच्चसम्मान,कदर गर्ने बताउनु भयो ।
बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको अध्यक्षता एव दाङ जिल्ला समन्वय समितिका उप-प्रमुख श्रीधर पौडेलको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।गाँउपालिका उपाध्यक्ष यमुना घर्ती थापामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले गर्नुभएको थियो ।गाउँपालिकाले विहिबार तत्कालीन जनयुद्धको सयमका सहिद,वेपत्ता र घाईते गरेर २८ जनालाई सम्मान गरेको थियो ।