दाङको बंगलचुलीमा दोस्रो चरणमा ६५ वर्ष भन्दा माथिका ११ सय २८ जनालाई कोरोना विरुद्धको खोप लगाउने तयारी थालिएको छ । गाउँपालिकाले फागुन २३ गते आईतबार देखि कोरोना भाईरस विरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु गर्ने प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिनु भयो ।
नेपाल सरकारको ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई दोस्रो चरणको खोप लगाउने निर्देशन वमोजिम गाउँपालिकाको विभिन्न स्थाहरुबाट पनि खोप लगाईने भएको हो । बंगलाचुली गाउँपालिकाले वडाका विभिन्न स्थानहरुबाट ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरीकहरुलाई कोरोना विरुद्धको खोप लगाउने तायारी पुरा गरेको स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जि.सीले जानकारी दिनु भयो ।
जि.सी.का अनुसार वडा नम्बर एक र दुईको मर्पेस,बढिपोखरा,र प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा बाट,वडा नंम्बर तिन र चारको बंगलाचुली अस्पाता कमिरेचौर,फाँटा खोप केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र तापा, दाङवाङ खोप केन्द्र ,मा.वि मुलाबारी भेँडाबारी,र आधारभूत स्वास्थ्य केन्द्र डाबर बाट खोप लगाईने छ ।
त्यस्तै वडा नम्बर पाँच र छ को आधारभूत स्वास्थ्य केन्द्र भूटनेटा,स्वास्थ्य चौकी लोहारपानी ,प्रा.वि चिउरीडाँडा,र प्रा.वी. जहरे बाट खोप लगाईने छ ।त्यसैगरी वडा नम्बर सात र आठको रानीवास खोपकेन्द्र ,हाँसीपुर स्वास्थ्य चौकी,आधारभूत स्वास्थ्य केन्द्र लाहापे र विर्खे खोप केन्द्र बाट कोरोना विरुद्धको खोप लाईने छ ।
यसैविच पहिलो चरणमा खोपलगाउन छुटेका जनप्रतिनिधी,स्वास्थ्यकर्मी,राष्ट्रसेवक कर्मचारी,र सुरक्षाकर्मी र ५५ वर्ष नाघेका शिक्षकहरुलाई पनि दोस्रो चरणमा खोप लाईने छ । खोप लगाउँन आउँदा सबैले आफ्नो नागरिकताको प्रमाणपत्र वा परिचय खुल्ने प्रमाणपत्र साथमा लिएर आउन गाउँपालिकाले सबैलाई अनुरोध गरेको छ ।