महिलाको हक अधिकारको विषयमा बलिया कानुनहरु निर्माण भएपनि अझै पूर्णरुपमा महिलाहरु अधिकार सम्पन्न बन्न नसकेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । उनिहरुले महिलाहरु कानुनत: अधिकार सम्पन्न भएपनि व्यभारमा लागु हुन नसकेको टिप्पणी गरेका हुन् ।
दाङको बंगलाचुली गाउँपालिकाले सोमबार कमिरेचौरमा आयोजना गरेको १ सय ११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बोल्दै बक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन समिति सभापती दामा शर्माले माहिलाहरुलाई शसक्त तवरले अगाडि बढाउनका लागि सबैको घर-घरबाटै महिलालाई त्यहीँ खालको अवसरहरु दिनु पर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका शर्माले महिलाहरुले बेला बेलामा गरेको आन्दोल र संघर्षकै कारण आज यो उपलब्धी प्राप्त भएको बताउनु भयो । उहाँले अहिलेको उपलब्धी रक्षाका लागि सबै महिलाहरु सक्षम र सबल हुनु पर्नेमा जोड दिनु भयो ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथी नेपाल कम्युनिष्ट पार्टी( नेकपा)का केन्द्रीय सदस्य भागवत विस्वासीले पुरुषबादी चिन्तनमा रुमलिएको समाजले महिलालाई हरेक ठाउँमा अघि बढ्न अवरोध गरेको बताउनु भयो । हिजोको चिन्तन र सोँचका कारण अझै पनि महिलाहरुले केही गर्न सक्दैनन् भन्ने सोँच समाजमा रहेको र महिलालाई घर व्यभारमा मात्रै सिमित गरीएको बताउनु भयो । उहाँले महिलाहरुले ठाउँ र अवसर पाएमा जस्तो सुकै काम पनि गर्न सक्छन भन्ने उदाहरणहरु प्रसस्तै रहेको भन्दै अब महिलाहरु पनि चुप लागेर बस्न नहुँने बताउनु भयो ।
बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको अध्यक्षता एव लुम्बिनी प्रदेश सभा सदस्य एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन समिति सभापती दामा शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा महिला मानव अधिकार रक्षक संजाल नेपालका सचिव लक्ष्मी आचार्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । भने सो कार्यपत्र माथी लेखक तथा साहित्यकार प्रमोद धितालले टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा जिल्ला कमिटि सचिव तुल्सीराम पुन शुवास,जिल्ला कार्यालय सदस्य सुरामणी बेलबासे,अनेम संघका केन्द्रिय सदस्य प्रमिता चौधरी,सुआहाराका फिल्ड अधिकृत रमा पुन लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा बंगलाचुली गाउँपालिकाको ८ वटै वडाहरुबाट महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । भने विभिन्न साँस्कृतिक प्रदशनी समेत प्रतुत गरिएको थियो ।सो साँस्कृतिक प्रदशन गर्नेहरुलाई गाउँपालिकाले पुरस्कृत समेत गरेको थियो । साथै महिला दिवसकै अवसरमा बंगलाचुली गाउँपालिकामा सबै भन्दा पहिले एस.एल.सी उत्तीर्ण गर्ने महिला रत्नलक्ष्मी थापालाई सम्मान समेत गरीएको थियो ।
कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली,वडा नम्बर दुईका अध्यक्ष मेघराज राना,तिनका अध्यक्ष शोभाराज विश्वकर्मा,चारका अध्यक्ष नारायण डाँगी,कार्यपालिका सदस्य हिमा थापा,मालिका खत्री,प्रेम बहादुर दमाई,निमराज विक,ईन्द्रा सार्की लगाएतको सहभागिता रहेको थियो । बंगलाची गाउँपालिका उपाध्यक्ष यमुना घर्तिथापामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जि.सीले गर्नु भएको थियो ।