दाङ: दाङको बंगलाचुली गाउँपालिका वडा नं.-७ कोईरालेमा रहेको कोईराले घाटमा वुधबार एक पुलको शिलान्यास गरीएको छ । कोईराले घाट ट्रस्टपुल निर्माण उपभोक्ता समितिका अध्यक्ष सविराम कामीको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतिथ्यमा पुनको उदघाटन गरिएको हो ।
२४ लाख ६५ हजार कुल लागतमा निर्माण हुन लागेकोको लम्मबाई ३२ मिटर र चौडाई १.५ मिटर रहने छ । पुल संघिय सरकारको २२ लाख ५९ हजार ५ सय २०, गाउँपालिकाको १ लाख ९६ हजार ४ सय ८० र उपभोक्ताको ४९ हजार १ सय २० बराबरको श्रमदानबाट निर्माण गरिने गाउँपालिकाको प्राविधिक सहायक ऋषिकेश क्षेत्रीले जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जनताको माग बमोजिम पुल निर्माण हुन लागेको भन्दै पुल निर्माण पछि जनतालाई राहात मिल्ने बताउनु भयो । अध्यक्ष वलीले गाउँपालिकाले जनताको आवश्यकताका योजनालाई प्राथमिकता दिँदै काम गरेको बताउनु भयो ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गिर बहादुर थापाको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै सहभागिहरुले पुल निर्माण हुन लागेकोमा खुसी व्यक्त गरेका थिए । उपभोक्ताहरुले वर्षौ देखि काठको जोखिम युक्त पुलको सहारामा ओहोर दोहोर गरेको भन्दै पुल निर्माण पछि आफुहरुलाई सहज हुने बताएका थिए ।
कार्यक्रममा बंगलाचुली गाउँपालिका ऋषीकेश क्षेत्री,कृषिशखा प्रमुख दानसिङ रोकाया,स्थानिय समाजसेवी प्रेम सारुमगर लागएतले बोल्नु भएको थियो । पुलको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वली,वडा अध्यक्ष गिर बहादुर थापा,स्थानियको सहभागितामा शिल्यानास गरीएको हो । कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका कम्पुटर सहयक अपरेटर प्रेम बहादुर डाँगीले गर्नु भएको थियो ।