कमिरेचौर,१८ जेष्ठ ।
न्यायायिक प्रक्रियामा नागरिकको पहुँच वृद्धीका लागि शनिबार बंगलाचुली गाउँपालिकाको केन्द्र कमिरेचौरमा जनप्रतिनीधी,स्थानीय नागरिक र सरोकारवालाहरुबीच न्यायीक सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।
दाङ देउखुरी जिल्ला अदालतको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय सरकार संचालन ऐन, गाउँपालिकाको न्यायिक समिति, अर्धन्यायिक निकाय र अदालतको क्षेत्राधिकार, काम, कर्तब्य र अधिकार,नयाँ मुलुकी ऐन,यसले गरेको काननुनी व्यवस्था लगाएतको विषयमा छलफल भएको थियो ।
न्यायीक समितिलाई क्षेत्राधिकारको बारेमा स्पष्ट बनाउने र नागरिकको न्यायमा पहुँच बढाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको जिल्ला न्यायाधिस हेमन्त रावलले जानकारी दिनुभयो । कार्यक्रममा न्यायाँधिस हेमन्त रावले न्यायीक प्रक्रियामा अदालतको भुमिका,कानुनी व्यवस्था,प्रक्रियाको बारेमा सहजिकरण गर्नुभएको थियो । उहाँले न्यायिक समिति, अदालत, प्रहरी र अर्धन्यायीक निकायको क्षेत्राधिकारको बारेमा जानकारी गराउनुभएको थियो ।
बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा बोल्ने वक्ताहरुले व्यवस्थीत र विकसीत समाजको निर्माणका लागि सबैले कानुनको पालन गर्नु अपरिहार्य रहेको बताएका छन् । उनिहरुले कानुनको नजरमा कोही पनि नजीक र टाढाको नहुँने भन्दै सबैले कानुनको पालना गरे देश विकासमा निकै सहयोग पुग्ने बताएका छन् ।
कार्यक्रममा बंगलाचुली गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालीका सदस्यहरु, स्थानीयहरु,विभिन्न सरोकारवाला निकायका पदाधीकारी, समाजसेवी, लगाएतका व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुले विभिन्न खालका जीज्ञासाहरु माननीय न्यायाधिस समक्ष राखेका थिए ।
कार्यक्रममा बोल्दै बंगलाचुलीगाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीले दाङ देउखुरी जिल्ला अदालतले आयोजना गरेको उक्त कार्यक्रमले न्यायीक समितिलाई न्याय सम्पादनमा ठुलो मद्यत पुग्ने बताउनु भयो । उहाँले यस्ताखालका कार्यक्रममहरु गाउँपालिकाको हरेक वडाहरुमा राख्न पनि आवश्यक रहेको बताउनु भयो । अध्यक्ष ओलीले जनतालाई कानुनको बारेमा जानकारी गराउँदै सचेत बनाएमा केही हद सम्म कानुनको दायरा तोड्ने प्रक्रियामा कमी आउने बताउनु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला न्यायाधिस हेमन्त रावलले जनताको घर आगनमा पुगेर कानुनको बारेमा जानकारी गराउने उद्देश्यका साथ बंगलाचुली गाउँपालिकामा यस्तो खालको कार्यक्रमको आयोजना गरीएको बताउनु भयो । उहाँले कानुनलाई हरेक नागरीकले बुझ्न आवश्यक रहेको बताउनु भयो । कानुनले कसैलाई पनि छुट नदीने भन्दै कानुनको पालना गर्नु सबैको दायीत्वरहेको बताउनु भयो ।
कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना थापामगर,जिल्ला वार ऐसोसियसनका अध्यक्ष प्रदिप गौतम, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) बंगलाचुली अध्यक्ष डोमाकान्त कवर ,लगाएतले बोल्नु भएको थियो ।