लक्ष्मण विश्वकर्मा, तुलसीपुर, २१ जेठ ।
नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै दुई महिना वित्न लागेको छ । सरकारले सामुदायिक विद्यालयमा माध्यामिक तह सम्म निशुल्क शिक्षाको व्यवस्था गरेपनि अग्रेजी माध्यमबाट पढाई सन्चालन गर्ने नाममा कतिपय सामुदायिक विद्यालयले शुल्क लिईरहेको पाईएको छ ।दाङ तुलसीपुर उपमहानगर क्षेत्रभित्र ८२ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमध्ये आधा दर्जन सामुदायिक विद्यालयले कक्षा नर्सरी देखी माध्यामिक तह सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउदै आएका छन् ।
संविधानको धारा ३१ को उपधारा २ मा आधारभूत तह सम्मको शिक्षा अनिवार्य तथा माध्यमिक तहसम्म निशुल्क शिक्षाको व्यवस्था गरिएको छ । तर गुणस्तरीय शिक्षाको लागि अग्रेजी माध्यमबाट पढाई सन्चालन गर्ने नाममा कतिपय सामुदायिक विद्यालयले विद्यार्थीहरुबाट मासीक, चौमासीक र बार्षिक रुपमा शुल्क लिने गरेको पाईएको छ । उनीहरुले अभिभावकबाट सहयोग शुल्क नाम दिएर शुल्क लिदै आएका छन ।
तुलसीपुरमा रहेको महेन्द्र माध्यामिक विद्यालयमा कक्षा नर्सरी देखी कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाई सन्चालन हुदै आएको छ । २०७२ सालदेखी नर्सरी देखी कक्षा ८ सम्म अग्रेजी माध्यमबाट पढाई सन्चालन हुदै आएकोमा नयाँ शैक्षिक शत्र देखी कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाई सन्चालन भएको विद्यालयका प्रधानाध्यापक जित बहादुर थापाले बताएका छन् । मासीक र बार्षिक भनेर शुल्क निर्धारण नगरिए पनि अभिभावकको निर्णय अनुसार न्युनतम चार सय देखी एक हजार एक सय पचास रुपैया सम्म अभिभावक सहयोग भनेर शुल्क लिने गरिएको छ ।
यस्तै माध्यामिक विद्यालय सेन्टरमा पनि केहि समय अघि देखी कक्षा १ र २, ५, ८, ९, १०,११ र १२ सम्म अंग्रेजी माध्यमबाट पढाई सन्चालन हुदै आएको छ । विद्यालयका प्रधानाध्यापक भागवत पौडेलका अनुसार कक्षा १ र २ बाहेक कक्षा ५ र ८ मा न्युनतम दुई सय देखी पाँच सय रुपैया सम्म मासीक रुपमा अभिभावक सहयोग शुल्क लिने गरिएको छ । उक्त शुल्क अभिभावकको बैठकले गरेको निर्णय अनुसार भएको उनको दावी छ ।
यस्तै गुरु जजुर नमुना माध्यामिक विद्यालय रक्षाचौरमा पनि अग्रेजी माध्यमबाट पढाई सन्चालन हुदै आएको छ । त्यहा पनि शुल्क लिने गरिएको छ । शिशु कक्षा देखी कक्षा ९ सम्म अग्रेजी माध्यमबाट पढाई सन्चालन हुदै आएको विद्यालयले चौमासिकका रुपमा अभिभावक सहयोग शुल्क भनेर न्युनतम एक सय देखी दुई सय पचास रुपैया सम्म लिने गरिएको विद्यालयका प्रधानाध्यापक प्रमोद आचार्यले जानकारी दिएका छन् ।
यस्तै माध्यामिक विद्यालय दुधरासमा पनि अंग्रेजी माध्यमको पढाईको नाममा शुल्क लिईरहेको पाईएको छ । त्यहा पनि कक्षा १ देखी १० सम्म अग्रेजी माध्यमबाट पढाई हुदै आएको विद्यालयले बार्षिक रुपमा न्युनतम एक सय देखी दुई हजार सम्म शुल्क लिने गरेको विद्यालय स्रोतले बताएको छ । यस्तै अंग्रेजी माध्यमबाट पढाई सन्चालन गर्दै आएका सामुदायिक विद्यालय मध्ये तुलसीपुर ७ मा रहेको माध्यामिक विद्यालय कालोखोला र अमर माध्यामिक विद्यालय उरहरीले मात्रै शुल्क नलिएको पाईएको छ । कालोखोला विद्यालयले नर्सरी देखी कक्षा ७ सम्म अग्रेजी माध्यमबाट पढाई सन्चालन गदै आएको छ ।
विद्यालयमा विद्यार्थी भर्ना शुल्क र परिक्षा शुल्क बाहेक अन्य शुल्क नलिईएको कर्मचारी मित्रलाल खनालले बताएका छन । यस्तै मावी उरहरीमा पनि कक्षा १ देखी ७ सम्म अंग्रेजि माध्यमबाट पठनपाठन सञ्चालन भैरहेको विद्यालयका प्रधानाध्यापक पदम प्रसाद न्यौपानेले बताएका छन । कक्षा १ देखि ५ सम्म बोर्डिङ स्कुलकै पाठ्यपुस्तक लागु गरिएपनि विद्यालयले कुनै पनि शुल्क नलिएको प्रधानाध्यापक न्यौपाने बताउछन । तर कक्षा ६ देखी १० सम्म अभिभावक सहयोग भनेर एक हजार दुई सम्म बार्षिकका रुपमा लिदै आएको छ । सम्वन्धित विद्यालय प्रशासन संग यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनीहरुले नितिगत रुपमा कुनै पनि विद्यार्थीसंग शुल्क नलिने व्यवस्था भए पनि अभिभावकद्धारा सहयोग शुल्क लिने गरेको भन्दै घुमाउरो तरिकाले जवाफ दिएका छन् ।
शुल्क लिएको स्वीकार गदै उनीहरुले विद्यालयको बचाउ गरेका छन् । यता तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले नितिगत रुपमा कुनै पनि सामुदायिक विद्यालयले विद्यार्थीबाट शुल्क लिन नपाईने बताएको छ । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विश्वकर्माले पनि विद्यालयहरुको बचाउ गदै सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरुले अंग्रेजी माध्यमको पठनपाठन गराउन समस्या हुने भन्दै बाहिरबाट शिक्षक लिनुपर्ने भएकाले खर्च व्यवस्थापनका लागी केहि शुल्क लिने गरेको बताएका छन् ।नितिगत रुपमा कुनै पनि शुल्क लिन पाईदैन उनले भने यसमा हामीले नियमन गर्ने योजना बनाएका छौ । साथै शुल्कमा एकरुपता नभएको भन्दै यस विषयमा पनि शिक्षा समितिले नियमन गर्ने उनको भनाई छ । From Tulsipur khabar