दाङ: दाङको बंगलाचुली गाउँपालिकामा पछिल्लो समय नेकपा माओबादी केन्द्रमा प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको छ । राजनितिक माहोलमा उतार चढाव हुँदै गएपनि यहाँका जनताले माओबादी केन्द्रलाई नै विश्वास र भरोसा गर्दै पार्टी प्रवेश गरीरहेका छन् ।
गाउँपालिकामा स्थानिय सरकार र पार्टीले जनताकै पक्षामा काम गरेको भन्दै अन्य पार्टीमा आस्था राख्ने जनताहरु माओबादी केन्द्रमा प्रवेश गरेको यहाँका नेताहरुले बताएका छन् । यसैक्रममा बंगलाचुली गाउँपालिका वडा नम्वर सात पुठाखोला सुँगुरपोखरीका १८ जना नेपाली काँग्रेस परित्यागगरी माओबादी केन्द्रमा प्रवेस गरेका छन् ।
पुठाखोला सुँगुरपोखरीका निवासी मनिराम आले सहित १८ जना माओबादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टि प्रवेश गर्नेहरुमा नारायण सिङ राना,देवासिङ राना, कमारी राना,कमला राना,पार्वती राना,खिम बहादुर बाँठा,पुष्पा बाँठा, काँसीराम घर्ती लगाएतका रहनु भएको छ । त्यसैगरी निम बहादुर बुढा,लिल बहादुर घर्ती,लिल बहादुर आले,ओबाराम खत्री,लोकेश राना, रेशमान आले, दिलिप आले,गोमा कवर र मुकेश राना रहनु भएको छ ।
बंगलाचुली गाउँपालिका वडा नं.-७ निवासी नारायण सिङ रानाको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतिथ्यमा शोमबार एक कार्यक्रमको आयोजना गरी उहाँहरुलाई पार्टी प्रवेश गराईएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नु भएको थियो । शो अवसरमा बोल्दै नवप्रवेशीहरुले देशको परिवर्तन र जनताको पार्टी नै नेकपा माओवादी केन्द्र भएको हुँदा आफुहरुले जनताको पार्टीलाई रोजेको बताएका छन् ।