दाङ: बंगलाचुली गाउँपालिका वडा नम्वर ३ दाङवाङ निवासी खोपीराम डाँगिले शुक्रवार कल्पना पनि गर्नु भएको थिएन । आफ्नो घर छिन भरमै खरानी बन्छ भनेर । तर अचानक भईदियो यही । आफ्नो आँखै अगाडि ओत लाग्ने घरनै खरानी बन्दा कसको मन नरोलार ? रपनि विपदलाई कस्ले छेक्न सक्थ्योर ।
गाउँलेहरुलाई हार गुहार गर्दा-गर्दै घरनै खरानि बन्यो खोपीरामको । घरमा रहेको परालको आँट (खराई) बाट सल्केको आगोले खोपिरामको मात्र घर खरानी बनाएन अन्य तिन जना छिमेकीको समेत घर जल्यो ।
आगोले बंगलाचुली ३ दाङवाङ निवासी ववीराम डाँगी ,खेतुलाल डाँगी र टेकी डाँगीको घर पनि खोपिराम डाँगिको जसरीनै पलभरमै खरानी बन्यो । छिमेकीको घरमा लागेको आगो निभाउन सबै गाउँलेहरु जुटे तर आगो नियन्त्रण बाहिर गयो ।अनि एक –एक गरेर घरहरु सबैको आँखै अगाडि खरानी बन्यो ।
अग्निपिडितहरु अहिले घरबार विहिन छन् । उनिहरुलाई अहिले सबै पक्षबाट सहयोगको आवश्यकता रहेको छ । उनिहरु अहिले स्थानिय तथा आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।
साना बच्चाहरुले आगो खेलाउँदा आगलागि भएको हुन सक्ने प्रहरीको अनुमान छ । ईलाका प्रहरी कार्यालय कमिरेचौरका प्रमुख प्रनानी किशन खड्काका अनुसार बच्चाहरुले पराल भएको ठाउँमा लगेर आगो खेलाउँदा त्यहीबाट आगलागी सुरु भएको हो ।
सुख्खा मौसममा आगो जन्य बस्तुहरु बच्चाहरुले खेलाउँदा धनजनको क्षती हुन पुगेको छ । आगलागीबाट शुक्रबार झण्डै पचास लाख बढिको क्षतिभएको अनुमान छ । दिउँसो चार बजेदेखि सुरुभएको आगलागि राति आठ वजे पछि मात्रै नियन्त्रमा आएको थियो ।
ईप्रका कमिरेचौर बाट खटेको प्रहरीटोली,बंगलाचुली गाउँपालिकाको नगर प्रहरी,स्थानियको सक्रियतामा आगो नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय कमिरेचौरका प्रमुख किशन खण्डकाले जानकारी दिनु भयो ।
बंगलाचुली गाउँपालिका आगलागिको उच्च जोखिममा
दाङको बंगलाचुली गाउँपालिका आगलागिको उच्च जोखिममा रहेको छ । यस गाउँपालिकाको विभिन्न वडाहरुमा हरेक वर्ष सरदर २०/३० वटा सम्म घर गोठ जलेर नष्ट हुने गरेका छन् । यस गाउँपालिकामा रहेका धेरै जसो घरहरु खरले छाएका छन् । खरले छाएको घरहरुमा कहिले बच्चाहरु त कहिले ठुलै मान्छेबाट हुने सानो असावधानिका कारण पनि घरमा आगलागि हुने गरेका छन् ।