दाङ : संघीय सरकारले दाङमा साढे ४ करोड बढि बजेट पठाएको छ । चालुतर्फ चार करोड ५ लाख ७३ हजार र पुँजिगततर्फ ५० लाख ३४ हजार गरि जम्मा चार करोड ५६ लाख ७ हजार बजेट दाङको लागि आएको हो ।
सरकारले समानिकरण, समपूरक, बिशेष अनुदान गरि तीन किसिमको बजेट अनुदान पठाएको हो ।जसमा सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा आएको छ ।
जसअनुसार घोराहीमा चालुतर्फ ९४ लाख ४ हजार र पुँजिगत तर्फ ९ लाख ५१ हजार गरि एक करोड तीन लाख ५५ हजार अनुदान आएको हो । त्यस्तै सबैभन्दा कम दंगीशरण गाउँपािलकामा आएको छ । जहाँ चालुतर्फ २२ लाख १२ हजार र पुँजितर्फ तीनलाख १२ हजार गरि २५ लाख २४ हजार २४ अनुदान सरकारले पठाएको छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा चाुलतर्फ ८७ लाख ३९ हजार र पुँजिगत तर्फ ४ लाख १९ हजारगरि जम्मा ९१ लाख ५८ हजार , लमही नगरपालिकामा चालु तर्फ ३५ लाख ३ हजार र पुँजिगततर्फ ९ लाख ६६ हजार गरि गरि ४४ लाख ६९ हजार, गढवामा चालुतर्फ ३१ लाख ४९ हजार र पुँजिगततर्फ ५ लाख ४६ हजार गरि ३६ लाख ९५ हजार, बंगलाचुलीमा चालुतर्फ २७ लाख २१ हजार, पुँजिगततर्फ ४ लाख ८५ गरि ३२ लाख ६ हजार अनुदान पठाईएको छ ।
त्यस्तै बबई गाउँपालिकामा चालुतर्फ २६ लाख ७८ हजार, पुँजिगत तर्फ ६ लाख ३८ हजार गरि ३३ लाख १६ हजार, राजपुर गाउँपालिकामा चालुतर्फ २५ लाख ९ हजार र पुँजिगततर्फ २ लाख ४४ हजार गरि २७ लाख ५३ हजार, राप्ती गाउँपालिकामा चालुतर्फ ३० लाख ८५ हजार र पुँजिगततर्फ २ लाख ५५ हजार गरि ३३ लाख ४० हजार र शान्तिनगरमा चालुतर्फ २५ लाख ७३ हजार र पुँजिगततर्फ २ लाख १८ हजार गरि २७ लाख ९१ हजार अनुदान प्रदान गरेको छ ।