दाङ: बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने सवारी दुर्घटना भएको छ ।गाउँपालिका द्वारा संचालित कोभिड विशेष अस्पतालका लागि स्वास्थ्य सुरक्षा सामग्री लिन घोराही तर्फ जाँदैगर्दा घोराही–मुर्कुटी सकड खण्डमा पर्ने घोराही उपमहानगरपालिका वडा नम्बर ४ पालुथानमा लु १ झ ६१६ नम्वरको महिन्द्रा बलेरो डवल क्याप गाडी दुर्घटना भएको हो ।
आज बिहान करिव ८ बजे दुर्घटना भएको गाडी चालक स्वयंले चलाएको र दुर्घटनामा परेका सबैजना सकुसल रहेको बंगलाचुली गाउँपालिकाले जानकारी दिएको छ । निर्माणाधिन अवस्थामा रहेको मदनभण्डारी लोक मार्ग(घोराही-मुर्कुटी सडक खण्ड) मा पहिलो चरणको कालोपत्रेका लागि हालिएको गिट्टिमा गाडीको गति तिब्र रहेको हुँदा गाडी अनियन्त्रित भई दुर्घटना भएको बंगलाचुली गाउँपालिकाले प्रष्ट पारेको छ ।
यसैविच गाउँपालिका अध्यक्ष चढ्ने गाडी दुर्घटनाको विषयमा विषयान्तर गरेर समाचार प्रकाशन भएको भन्दै बंगलाचुली गाउँपालिकाले गम्भिर ध्यानआकर्षण भएको जानाएको छ । गाउँपालिकाले आज शुक्रबार विज्ञप्ती जारी गर्दै केही अनलाईन संचार माध्यमहरुमा आएको समाचार निराधार रहेको बताएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद आचार्यले विज्ञप्ती जारी गर्दै गाउँपालिका अध्यक्ष चढ्ने गाडी गाउँपालिकाको सवारी चालकलेनै चलाएको प्रष्ट पार्नु भएको छ । साथै विज्ञप्ति मार्फत दुर्घटना जस्तो दु:खद सम्वेदनशिल विषयलाई विषयान्तर नगरी दुर्घटनाकै रुपमा वुझिदिन सम्पुर्ण संचारमाध्यम,तथा सरोकारवाला सबैलाई अनुरोध गरीएको छ ।
यस्तै दुर्घटनाको विषयलाई लिएर केही सञ्चार माध्यममा अनावश्यक भ्रम पैदागरी गरी राजनीतिक प्रहार गर्न खोजिएको भन्दै गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले खेद व्यक्त गर्नु भएको छ । अध्यक्ष वलीले दुर्घटना आफैमा दु:खद घटना हुँदा हुँदै कतिपयले दुर्घटनाकै विषयलाई लिएर राजनीति गर्न खोजेको भन्दै खेत व्यक्त गर्नु भएको हो । उहाँले दुर्घटना अकल्पनिय र पिडादायी हुँने हुँदा यसमा राजनीति नगर्न समेत सबैलाई अपिल गर्नुभएको छ ।
दुर्घटनाको विषयलाई लिएर आस्था विचारको भरमा प्रहार गरिएकोले सत्यतथ्य समाचार सम्प्रेषण गर्न समेत सञ्चारकर्मी तथा सञ्चार गृहलाई अनुरोध गर्नु भएको छ । सवारी चालकले नै सवारी चलाएकोले घटनाको सत्यतथ्य नबुझी समाचार प्रकाशन/प्रशारण गरेर जनता माझ अनावश्यक भ्रम नफैलाउन पत्रकारहरुलाई समेत अपिल गर्नु भएको छ ।