दाङ: दाङको बंगलाचुली गाउँपालिकामा लैङ्गिक हिँसामा परेका महिलाहरुको लागि आपतकालिन सेवा केन्द्र स्थानपना गरिने भएको छ ।बंगलाचुली गाउँपालिकाले श्रावण महिना देखि आपतकालिन सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको हो ।
सेवाकेन्द्रमा हिँसामा परेका मैहिलाहरुका लागि खान,वस्नका साथै कानुनी सहायताको व्यवस्था हुने बंगलाचुली गाउँपालिका महिला तथा वालवालिका शाखा प्रमुख वार्वती रानाले जानकारी दिनु भयो ।
महिला हिँसामा परेका महिलाहरुलाई तत्काल उद्दार ,संरक्षण र सुरक्षा दिनका लागि यस सेवाकेन्द्र स्थापना गर्न लागिएको शाखा प्रमुख रानाले जानकारी दिनु भयो । बंगलाचुली गाउँपालिकाको न्यायायिक समितिमा आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका ४४ वटा मुद्दा मध्य ३४ वटा महिला हिँसाका घटनाहरु भएका छन् ।
जुन गाउँपालिकाको मुद्दाको सबैभन्दा धेरै घरेलु हिँसा ३४ वटा,सम्वन्ध विच्छेद ७ वटा, मानाचामल एक वटा , जग्गा विवाद एउटा र वाटो एउटा रहेको महिला तथा वालवालिका शाखा प्रमुख वार्वती रानाले जानकारी दिनु भयो ।
यसैविच बंगलाचुली गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई मध्यनजर गर्दै जेष्ठ नागरिक दिवासेवा समेत संचालन गर्ने भएको छ । गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई मनोरञ्जन,भेटघाट हुने र आराम गर्ने वातावरण मिलाउनका लागि दिवा सेवा संचालन गर्ने निर्णय गरेको हो ।
घरमा वसी वसी दिक्क भएका जेष्ठनागरिकहरुले अव गाउँपालिकाले संचालन गरेको दिवासेवामा आई आफुलाई शान्त पार्न सकिने व्यवस्था मिलाईने बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिनु भयो ।