दाङ : दाङको पहाडी भेगमा पर्ने स्यूजामा जडीबुटीका विरुवा रोपेका किसानहरुलाई आज बुधबार प्रोत्साहन वापतको रकम वितरण गरिएको छ ।
डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको आयोजनामा बङलाचुली गाउपालिकाको स्यूजाको बोजपोखरा र पुरुङछेडामा एक कार्यक्रमबिच एक सय बढी किसानलाई प्रोत्साहन रकम बितरण गरिएको छ ।
बङलाचुली गाउपालिका वडा न १ का अध्यक्ष पदमबहादुर खत्रीको प्रमुख आतिथ्यतामा किसानलाई प्रोत्साहन रकम बितरण गरिएको कार्यक्रमका सुपरभाइजर बालचन्द्र शर्माले जानकारी दिनुभयो ।
कार्यक्रम सर्बोत्तम बहुउद्देश्यीय सहकारी सस्थाका सचीव हेमराज शर्माले डिभिजन वन कार्यालय दाङको सहकारी मार्फत पकेट क्षेक्रमा जडिबुटि बिस्तार कार्यत्रम अन्तर्गत बंगलाचुली र घोराहीका गरी ७ वटा वडाहरुमा ७० हजार बढी विरुवाहरु रोपिएको जानकारी दिनुभयो ।
कार्यक्रम सस्थाका नबिनकुमार पाण्डे, स्थानीय स्रोत ब्यक्ति भेषराज घर्ती लगायतका बोल्नु भएको थियो ।
घोराही उप–महानगरपालिकाको १८ र १९ तथा बंगलाचुली गाउँपालिकाका १ देखि ५ वटा वडामा टिमुर,मालागेडी र दालचिनिका विरुवाहरु रोपिएको छ । सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्था लि. मार्फत किसानहरुलाई गाउँमै निशूल्क विरुवा उपलव्ध गराइएको र उनिहरुलाई प्रति विरुवा ३ रुपैयाँको दरले यो वर्ष प्रोत्साहन वापत दुई लाख दश हजार रुपैयाँ किसानलाई दिइने संस्थाका अध्यक्ष ध्रुबराज पौडेलले जानकारी दिनुभयो ।
यसैबिच घोराही उपमहानगरपालिका वडान न १८ को घोरदौरा र हात्तिखर्कमा पनि आज बुधबार किसानलाई प्रोत्साहन रकम बितरण गरिएको थियो ।
यसाघि घोराही उप–महानगरपालिका वडा नं.१९ का च्यानगैरा,राम्चे,तिर्साङ,लाकुरीडाँडा,पटिन्जा र बंगलाचुली गाउँपालीकाको वडा नं.२ का मर्पेस र खाडा गाउँमै पुगेर प्रोत्साहन वापतको रकम वितरण गरिएको कार्यक्रमका सुपरभाइजर बालचन्द्र शर्माले जानकारी दिनुभयो ।
विरुवा लगाउने किसानहरुलाई सबै वडाका गाउँमै पुगेर शुक्रबारसम्म प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम रहेको सुपरभाइजर शर्माले जानकारी दिनुभयो ।
रकम बुझ्ने किसानहरुले गाउँसम्मै निशूल्क रुपमा विरुवा उपलव्ध भएर प्रोत्साहन वापतको रकम पाएको जीवनमै पहिलो पटक भएको भन्दै खुसी व्यक्त गरेका थिए ।
जडीबुटी मार्फत स्थानीय किसानहरुको आयआर्जनमा सहयोग गर्ने उद्धेश्यले डिभिजन वन कार्यालय दाङले निशूल्क विरुवा ,प्रोत्साहन वापतको रकम र फिल्डमा प्राविधिक सहयोग समेत गरेको थियो ।
यस कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आगामी वर्षमा समेत निरन्तरता दिई सम्भावित क्षेत्रमा उद्योग स्थापना गर्ने सम्मको आफूहरुको योजना रहेको डिभिजन वन कार्यालय दाङका प्रमुख विजयराज सुवेदीले जानकारी दिनुभयो ।