दाङ,१ असार ।
दाङको बंगलाचुली गाउँपालिकामा रहेका धेरै जसो महिलाहरुमा (आङ खस्ने) पाठेघरको समस्या रहेको पाईएको छ । ग्रामीण स्तरमा अशिक्षा,गरिवी, स्वाथ्य सेवाको पहँुचमा कमी जस्ता कारण अहिले पनि धेरैजसो महिलाहरु पाठेघर समस्या बोकेर बाँच्न विवश रहेका हुन् ।
बंगलाचुली गाउँपलिकाका महिलाहरुको लागि मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम मार्फत संचालन गरिएको दुर्ईदिने निशुल्क पाठेघर सम्बन्धी स्वाथ्य शिवीरका क्रममा यस्तो पाईएको हो ।
यहाँका अधिकांस महिलाहरुमा अहिले पनि स्वाथ्य चेतनाको कमिरहेको,आफ्ना स्वाथ्य समस्या बेलैमा अरुलाई भन्न नसक्नु जस्ता कारणले महिलाहरुलाई पाठेघर सम्वन्धी रोगले झन धेरै गलाउँदै लगेको पाईएको विषेशज्ञ डाक्टरहरुको बुझाई छ ।
डाक्टरहरुका अनुसार हरेक महिलाहरुले आफ्नो स्वाथ्यमा ध्यान दिएमा,स्वाथ्य समस्या भएको महसुस भएमा तुरन्तै स्वाथ्य उपचार गरेमा पाठेघरको समस्या हल गर्न सकिन्छ । तर ग्रामीण भेगका महिलाहरु लाज,डरका कारण पनि यस्ता रोग लुकाउने गरेका छन् ।
बंगलाचुली गाउँपालिकाको आयोजना तथा परिवार नियोजन संघ दाङको प्राविधिक सहयोगमा शिविर संचलन गरिएको हो । जेष्ठ ३१ र ३२ गते दुई दिन सम्म संचालन गरीएको शिविरमा १ सय ९२ जना महिलाहरुले विविध प्रकारका स्वाथ्य सेवा लिएका छन् । उक्त शिवीरमा २२ जना महिलाहरुमा पाठेघरको अपरेसन गर्नु पर्ने अवस्था रहेको पाईएको बंगलाचुली गाउँपालिका स्वाथ्य शाखा प्रमुख भक्त बहादुर जी.सीले जानकारी दिनु भयो ।
उनिहरुलाई बंगलाचुली गाउँपालिकाको शिफारीसमा निशुल्क पाठेघरको अपरेसनका लागि कोहोलपुर मेडीकल कलेज बाँकेमा रेफर गरीने प्रमुख जी.सीले जानकारी दिनु भयो ।
प्रदेश नम्वर ५ को मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत महिलाको लागि पालिकास्तरीय निशुल्क पाठेघर सम्बन्धी स्वाथ्य शिविर संचालन गरीएको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेव बहादुर ओलीले जानकारी दिनुभयो । शिवीरमा डाक्टर रविन गौतम र अनुपमा शर्माले स्वाथ्य सेवा प्रदान गर्नु भएको थियो ।