नार्च्यांङ एउटा यस्तो गाउँ हो जहाँ प्रकृतिसँग मानिसको मिठो सम्वन्धको सुवास भेटिन्छ । परम्परा र संस्कृतिको जिवन्त रुप देखिन्छ । अनि धनुषबाण धनुषबाण र भिर मौरीको मह काढ्ने परम्परासँग साक्षात्कार गर्न सकिन्छ ।
हो, हामी म्याग्दी जिल्लामा पर्ने यही सुन्दर गाउँको यात्रामा जाँदै छौं । पहिलो दिन पोखरातर्फ अघि बढ्यौं ।
पोखरामा रहेको होटल ग्रान्डेमा हाम्रो पहिलो दिनको बास भयो । त्यस होटलको आकर्षक सजावट, मिठो भोजन र आरामदायि बसाइले हाम्रो त्यस दिनको थकान मेटियो ।
भोलिपल्ट बिहान हामी पोखरा हेली सर्विसको सहयोगमा अन्नपुर्ण बेस क्याम्पसम्म जाने भयौं । सबैजना निकै उत्साहित छौं ।
सेतो हिउँ नै हिउँको बीचमा, हिमालको चिसो हावाले एकछिन मनै शान्त भयो । नजिकैबाट हिमाल देख्न पाउँदा मन तरंगीत भयो ।
फेरी पोखरा फर्केपछि हामीले मुख्य यात्रा सुरु गर्यौं । नार्च्यांङ सम्मको यात्रा ।
बेनी कटेपछि एक्कासी पानी पर्न थाल्यो । हामी एउटा चिया पसलमा ओत लाग्यौं । पानी रोकिएपछि हामी अघि बढ्यौं । बाटो पुरै हिलो भएको थियो । बल्लतल्ल हामी नच्र्याङ पुग्न सफल भयौं । झमक्कै साँझ पर्यो । राति मिठो भोजनसँगै, कोठामा आराम गर्न गयौं । भोलि कहाँ-कहाँ घुम्ने भनेर छलफल गर्र्यौं ।
बिहानको कलिलो घाम नार्च्यांङ बेसीमा पर्दा एउटा नयाँ जीवनको सुरुवात भएको महसुस हुन्छ । हाम्रो पहिलो यात्रा नच्र्याङ लेकसम्मको थियो । उकालो बाटो । बाटोमा हामीले बोटबिरुवा, जडिबुटीहरु अवलोकन गर्यौं ।
हामी पुग्ने बेलामा हिमाल खुल्न थाल्यो । उपल्लो नाच्र्याङ देखेर हामी छक्क पर्यौं । यति धेरै उकालो चढेर आउँदा पनि ठुला-ठुला फाँटहरु त्यहाँ थिए । खेति गर्नलायक, हरिया, पहेंला रंगीन फाँटहरु । सबै गाउँलेहरु आˆनो दिनचर्यामा व्यस्त थिए ।
खेतमा गाउँलेहरुसँगको रमाइलो क्षणपछि हामी पुरानो गुफा हेर्न तल गयौं । गुफा अलिक फरक किसिमको थियो । यो अनौठो खालको ढुंगाले बनेको रहस्यमयी गुफामा चमेराहरु बस्ने गर्दा रहेछन् ।
पानी बेस्सरी परेकाले हामी एकछिन छानामुनि ओत लाग्यौं । धेरै बेरसम्म पानी नरोकिएपछी हामी छाता लिएर त्यस गाउँको एक बृद्ध व्यक्तिसँग भेट गर्न गयौं । हामीलाई उहाँले नाच्र्याङको किम्बदन्तीहरु सुनाउनुभयो ।
नाच्र्याङका मानिसहरु अझै पनि पुराना हस्तकलामा ब्यस्त देखिन्छन् । उनीहरु उकाली-ओराली गर्दै छहारीमा बास बस्ने गर्छन् ।
हामी बिस्तारै तल बेसीतिर झर्यौं । साँझ परेपछि भान्सामा गएर तातो उसिनेको आलु खायौ । भोलीपल्ट बिहान नजिकैको झरना हेर्न गयौं । यो झरनालाई नाच्र्याङका गाउँलेले निकै पवित्र मान्दा रहेछन् । त्यो चिसो पानीको पवित्रताले हाम्रो मन द्रविभूत भयो ।
त्यसपछि हामी गाठ्पार गाउँ हुँदै रुप्से झरना पुग्यौं । त्यहाँदेखि नजिकै संसारको सबैभन्दा गहिरो गल्छी पनि पर्दो रहेछ । यसलाई अन्ध गल्छी भनिदो रहेछ ।
दिउसो स्वादिलो खाना खाएपछि, हामी त्यहाँ रहेको मगर समुदायको संस्कृतिक कार्यक्रम हेर्न गयौं । एक अनौठो किसिमको नृत्यको तयारी हुन थाल्यो । त्यहाँको आमा समूहले त्यस कार्यक्रमका लागि हामीलाई अतिथिका रुपमा सम्मान गर्यो । पुरुषले महिलाको पहिरन लगाएर नाचिने यस नाचलाई सोरठी तथा मारुनी नाच भनिदो रहेछ । यो नौलो संस्कृति हामी पहिलोपल्ट अवलोकन गरिरहेका थियौं । हामीलाई यो नाच निकै रोचक र शक्तिशाली लाग्यो ।
केहीबेरमा हामी त्यहाँको पुरानो धनुष बाण हान्ने खेल हेर्न गयौं । धनुषबाण हान्दा एकदम धैर्य र सटिक हुनुपर्ने रहेछ । जब निशाना लाग्छ तब मन गदगद महसुस हुन्छ ।
त्यो अन्तिम दिन साँझ त्यहाँ गाउँको परम्परागत बाजाहरु सुन्न गयौं । ती विभिन्न बाजाहरुको संगीतले हामीलाई तरंगीत बनायो । त्यो संगीतको तालमा हामी खुब नाच्यौं ।
हामी निकै थाकिसकेका थियौ । त्यसैले नजिकैको तातोपानीमा गएर केहिबेर बस्यौं । प्राकृतिक तातोपानीमा बसेर हामीले आˆनो दुखसुख केहिबेर बिसायौं ।
कहिले नपुगेको नसुनेको नाच्र्याङ गाउँमा तीन दिन बिताउँदा हामीले पनि प्रकृतिसित निकै नजिक भएको अनुभव गर्यौं । From Onlinekhabar