देउखुरी। केही महिना अघि नर्तीमा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भयो। मिर्मिरे पेट्रोलपम्प नजिक राजमार्गमा परेको खाडल छल्ने क्रममा मोटरसाइकल भारतीय गाडीमा ठोक्किन पुग्यो। जसले गर्दा मोटरसाइकलमा सवार दुईजनाले अकालमा मृत्यु वरण गर्नुप¥यो।
पूर्व–पश्चिम राजमार्गको दाङ खण्डमा खाल्टाखुल्टी बढेपछि त्यसले सवारी दुर्घटना नित्याएको छ। हरेक दिनजसो राजमार्गमा साना तथा ठूला सवारी दुर्घटना भइरहन्छन्। त्यसको कारण हो, राजमार्गमा बढेका खाल्टाखुल्टी।
राजमार्गमा खाडल परेको वर्ष दिन भयो। तर यो एक वर्षमा राजमार्ग मर्मत हुन सकेन। आर्थिक वर्ष सकिन थालेको छ। यो बेलामा सडक कार्यालयले राजमार्गमा बढेको खाडल माटोले पुरिरहेको छ। पूर्वमा विजौरीदेखि भालुबाङसम्मको सडक मर्मत गर्ने काम गरिएको भए पनि बिजौरीदेखि लमहीसम्मको राजमार्गमा भने मर्मत गर्ने कुनै सुरसार छैन। राजमार्गमा गुड्ने सवारी साधन हरेक दिनजसो दुर्घटनामा पर्ने गर्छन्।
मानिसहरुको मृत्यु तिनै खाल्टाहरुमा दुर्घटनामा पर्दा हुने गरे पनि सडक कार्यालयले ध्यान दिएको छैन। लमही नगरपालिकाको क्षेत्रभित्र धेरै खाल्टाहरु छन्। तर ती खाल्टा पुर्ने, राजमार्गमा मर्मत गर्नेतर्फ कसैले ध्यान दिन नसक्दा समस्या जस्ताको त्यस्तै रहेको स्थानीय घनश्याम खनालले बताउनुभयो। ‘घर अगाडिको राजमार्गमा खाल्टा परेर हरेक दिन दुर्घटना भइरहन्छन्। एक वर्ष भयो राजमार्ग मर्मत नभएको’– उहा“ले भन्नुभयो– ‘सडक कार्यालयमा ध्यानकर्षण गरायो, जनप्रतिनिधि गुहा¥यो तर राजमार्गमा खाल्टा जस्ताको त्यस्तै छन्।’ पूर्वमा विजौरीदेखी भालुबाङसम्म खाल्टा परेको राजमार्गमाथिनै कालोपत्रे गरिएको छ। जसले गर्दा राजमार्गको अवस्थामा केही सुधार भएको
छ। विजौरीबाट पूर्व तर्फ गरिएको जस्तै राजमार्ग मर्मत लमहीसम्म गर्न स्थानीयले माग गरेका छन्।
राजमार्गमा दैनिक हजार बढी सवारी साधनको ओहोरदोहोर चलिरहन्छ। पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म जोड्ने देशकै प्रमुख राजमार्गको दुरावस्था ह“ुदा राजमार्गको दाङ खण्ड ह“ुदै यात्रा गर्ने यात्रुलाई सास्ती हुने गरेको छ। पूर्व धानखोलादेखि पश्चिम शिवखोलासम्मको कुल एक करोड ४१ लाख ७२ हजार लागत लाग्ने भए पनि सिसहनियादेखि लमहीसम्मको सडक मर्मतको जिम्मा पाएको शान्ति निर्माण सेवाले ९२ लाख ३० हजारको ठेक्का लिए पनि काम भने गरेको पाइएको छैन। ठेकेदारको लापरवाहीले काम हुन सकेन।
‘आधा काम गरेर छोड्यो तर बाकी काम हुन नसक्दा खाल्टा झन बढेका छन्’– सडक डिभिजन कार्यालय दाङका इञ्जिनियर लीला भण्डारीले भन्नुभयो– ‘यो निर्माण कम्पनीले काम गरेन भने कालासूचीमा राखेर कारवाही गर्छौं।’ यही आर्थिक वर्षभित्र अमानतबाट भए पनि राजमार्गका खाल्टा पुर्ने तयारी गरिएको उहा“ले बताउनुभयो। From Nayayougbodh
केही महिना अघि नर्तीमा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भयो। मिर्मिरे पेट्रोलपम्प नजिक राजमार्गमा परेको खाडल छल्ने क्रममा मोटरसाइकल भारतीय गाडीमा ठोक्किन पुग्यो। जसले गर्दा मोटरसाइकलमा सवार दुईजनाले अकालमा मृत्यु वरण गर्नुप¥यो।
पूर्व–पश्चिम राजमार्गको दाङ खण्डमा खाल्टाखुल्टी बढेपछि त्यसले सवारी दुर्घटना नित्याएको छ। हरेक दिनजसो राजमार्गमा साना तथा ठूला सवारी दुर्घटना भइरहन्छन्। त्यसको कारण हो, राजमार्गमा बढेका खाल्टाखुल्टी।
राजमार्गमा खाडल परेको वर्ष दिन भयो। तर यो एक वर्षमा राजमार्ग मर्मत हुन सकेन। आर्थिक वर्ष सकिन थालेको छ। यो बेलामा सडक कार्यालयले राजमार्गमा बढेको खाडल माटोले पुरिरहेको छ। पूर्वमा विजौरीदेखि भालुबाङसम्मको सडक मर्मत गर्ने काम गरिएको भए पनि बिजौरीदेखि लमहीसम्मको राजमार्गमा भने मर्मत गर्ने कुनै सुरसार छैन। राजमार्गमा गुड्ने सवारी साधन हरेक दिनजसो दुर्घटनामा पर्ने गर्छन्।
मानिसहरुको मृत्यु तिनै खाल्टाहरुमा दुर्घटनामा पर्दा हुने गरे पनि सडक कार्यालयले ध्यान दिएको छैन। लमही नगरपालिकाको क्षेत्रभित्र धेरै खाल्टाहरु छन्। तर ती खाल्टा पुर्ने, राजमार्गमा मर्मत गर्नेतर्फ कसैले ध्यान दिन नसक्दा समस्या जस्ताको त्यस्तै रहेको स्थानीय घनश्याम खनालले बताउनुभयो। ‘घर अगाडिको राजमार्गमा खाल्टा परेर हरेक दिन दुर्घटना भइरहन्छन्। एक वर्ष भयो राजमार्ग मर्मत नभएको’– उहा“ले भन्नुभयो– ‘सडक कार्यालयमा ध्यानकर्षण गरायो, जनप्रतिनिधि गुहा¥यो तर राजमार्गमा खाल्टा जस्ताको त्यस्तै छन्।’ पूर्वमा विजौरीदेखी भालुबाङसम्म खाल्टा परेको राजमार्गमाथिनै कालोपत्रे गरिएको छ। जसले गर्दा राजमार्गको अवस्थामा केही सुधार भएको
छ। विजौरीबाट पूर्व तर्फ गरिएको जस्तै राजमार्ग मर्मत लमहीसम्म गर्न स्थानीयले माग गरेका छन्।
राजमार्गमा दैनिक हजार बढी सवारी साधनको ओहोरदोहोर चलिरहन्छ। पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म जोड्ने देशकै प्रमुख राजमार्गको दुरावस्था ह“ुदा राजमार्गको दाङ खण्ड ह“ुदै यात्रा गर्ने यात्रुलाई सास्ती हुने गरेको छ। पूर्व धानखोलादेखि पश्चिम शिवखोलासम्मको कुल एक करोड ४१ लाख ७२ हजार लागत लाग्ने भए पनि सिसहनियादेखि लमहीसम्मको सडक मर्मतको जिम्मा पाएको शान्ति निर्माण सेवाले ९२ लाख ३० हजारको ठेक्का लिए पनि काम भने गरेको पाइएको छैन। ठेकेदारको लापरवाहीले काम हुन सकेन।
‘आधा काम गरेर छोड्यो तर बाकी काम हुन नसक्दा खाल्टा झन बढेका छन्’– सडक डिभिजन कार्यालय दाङका इञ्जिनियर लीला भण्डारीले भन्नुभयो– ‘यो निर्माण कम्पनीले काम गरेन भने कालासूचीमा राखेर कारवाही गर्छौं।’ यही आर्थिक वर्षभित्र अमानतबाट भए पनि राजमार्गका खाल्टा पुर्ने तयारी गरिएको उहा“ले बताउनुभयो।