नेकपा (माओवादी केन्द्र)ले पार्टीको संगठनात्मक कार्ययोजना प्रस्ताव गर्न कार्यदल गठन गरेको छ। सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूँतिएसँगै पार्टीको संगठनात्मक कार्ययोजना प्रस्ताव गर्न माओवादी केन्द्रले चार सदस्यीय कार्यदल बनाएको हो।
कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र गिरिराजमणि पोखरेल रहेका छन्।सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई मान्यता दिने फैसला गरेसँगै एमाले र माओवादी केन्द्र ब्यूँतिएका हुन्।
निर्वाचन आयोगले पनि अदालतको आदेशबाट नेकपा खारेज भएको र दुबै दल साविककै अवस्थामा रहेको जानकारी गराइसकेको छ।