काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजधानी ढाका जानु भएको छ । बंगलादेशका राष्ट्रपति महम्मद अब्दुल हमिदको २ दिने मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति बंगलादेश जानु भएको हो ।
नेपाल एअरलाइन्सको चार्टड विमानबाट आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले विदाई गर्नु भएको थियो ।
विदाई समारोहमा मन्त्रिहरु, संवैधानिक नियोगका प्रमुखहरु तथा उच्च पदस्थ अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो । त्यसबखत राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो ।बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहको अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज त्यसतर्फ जानुभएको हो ।
राष्ट्रपति भण्डारीले आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीले समकक्षी हमिदसँग दुई पक्षीय भेटवार्ता गर्नुहुनेछ भने प्रधानमन्त्री शेख हसिना लगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवद्र्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ। त्यहाँ हुने सम्झौतालाई मन्त्रिपरिषद्का पछिल्ला बैठकले अनुमोदन गरिसकेको छ ।